+

यस वर्षको रुद्रराज शिक्षा सम्मान प्राध्यापक पाठकलाई

काठमाडौँ । यस वर्षको रुद्रराज पाण्डे साहित्य शिक्षा सम्मान प्राध्यापक शङ्करराज पाठकलाई प्रदान गरिने भएको छ । 

रुद्रराज साहित्य सेवा समितिले  वरिष्ठ शिक्षाविद् प्राध्यापक  पाठकलाई यस वर्षको शिक्षा सम्मान प्रदान गर्ने निर्णय गरेको छ । शिक्षा क्षेत्रमा अनवरत योगदान पुर्याउँदै आएको शिक्षक मासिक पत्रिकालाई पनि यस वर्ष विशेष सम्मान प्रदान गर्ने निर्णय भएको संस्थाका अध्यक्ष डा बद्रीराज पाण्डेले जानकारी दिनुभयो । 

नेपालको शिक्षा, साहित्य, इतिहास तथा अध्यात्मिक क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएका  पाण्डेको १२४औँ जन्मजयन्ती कार्यक्रममा उहाँहरुलाई त्यो सम्मान प्रदान गरिनेछ । २०४४ सालमा स्थापित समितिले  शिक्षा, साहित्य, इतिहास र अध्यात्म क्षेत्रमा विशिष्ट योगदान दिने व्यक्ति वा संस्थालाई प्रत्येक वर्ष आलोपालो गरी पाण्डेको  जन्मजयन्तीका अवसरमा सम्मान गर्दैआएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै