+

‘नातिकाजी नयाँ पुस्ताका लागि पनि प्रेरणा’

काठमाडौँ । सङ्गीतकार शम्भुजित बास्कोटाले वरिष्ठ सङ्गीतकर्मी तथा सङ्गीतमहर्षि नातिकाजी एक कुशल सङ्गीतज्ञ साधक र नयाँ पुस्ताका लागि प्रेरणा हुनुहुन्छ भन्नुभएको छ । 

नातिकाजी स्मृति समाजका अध्यक्ष बास्कोटाले भन्नुभयो– उहाँ सङ्गीतमा गुणस्तरीयताका लागि कठोर व्यक्ति हुनुहुन्थ्यो, जसले नेपाली गीत–सङ्गीतलाई यो स्तरमा पु¥याउन योगदान गर्नुभयो । त्यसैले पनि उहाँ नेपाली नयाँ पुस्ताको प्रेरणा हुनुहुन्छ ।’

‘समकालीनसँगै नयाँ पुस्तालाई पनि उहाँले उत्तिकै अवसर दिनुहुन्थो । हामीले पनि उहाँबाट धेरै प्रेरणा लिन पाएका छौँ । सङ्गीतको वर्तमान पुस्ताले पनि उहाँबाट प्रेरणा लिइरहेको छ । मलाई लाग्छ नातिकाजी हिजोको मात्र नभएर आजको नाति पुस्तासम्म नै गीत–सङ्गीतको मुटुमा रहनुभएको छ’ अध्यक्ष बास्कोटाले भन्नुभयो । 

नातिकाजीको स्मृतिमा स्थापित यस समाजले नेपालका स्रष्टाहरुलाई सम्मान प्रदान गर्नाका साथै उहाँको योगदानका बारेमा विविध कार्यक्रम गर्दै आएको छ । उहाँको ९९औँ जन्मजयन्तीका अवसरमा आज विभिन्न स्रष्टालाई सम्मान तथा पुरस्कार वितरण कार्यक्रमपछि उहाँले नातिकाजीले नेपालको गीत–सङ्गीतका क्षेत्रमा गरेको योगदानको स्मरण गर्नुभयो । 

अवसरमा उहाँले नातिकाजीको सङ्गीतबारे व्यापक अनुसन्धान गरी उहाँका कालजयी गीतसङ्गीतको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । अध्यक्ष बास्कोटाका अनुसार नातिकाजीकै प्रयासमा रेडियो नेपालमा सङ्गीत सङ्ग्रहालय निर्माण भएको थियो । 

१९८२ साल पुस ३ गते ललितपुरको पुल्चोकमा जन्मिनुभएका नातिकाजीले नेपाली राष्ट्रिय गीत, लोकगीत, आधुनिक गीत, भजन, गीतिनाटक, नाटक तथा चलचित्रका गीतमा स्वर तथा सङ्गीत दिनुभएको छ । उहाँले ‘नेपाली हामी रहाँैला कहाँ नेपाली नरहे’, ‘आजै र राति के देखेँ सपनीमा’, ‘फुलको थुँगा बगेर गयो गङ्गाको पानीमा’, ‘सान्ननीको गालैमा कालो कोठी रैछ’, ‘तिरिरी मुरली बज्यो वनैमा’ जस्ता चर्चित गीतमा सङ्गीत दिनुभएको छ । उहाँको निधन  २०६० साल कात्तिक १६ गते भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै