ललितपुर । उपसभामुख इन्दिरा राणाको प्रमुख आथित्यतामा १२ मिनेटको म्युजिकल चलचित्र ‘चल्ने हावालाई’ प्रदर्शनमा गरिएको छ ।
चलचित्र निर्देशक संगीता श्रेष्ठको निर्देशनमा बनेको सो चलचित्रमा महिला शक्तिकरणका कुराहरू उठाइएको भन्दै उपसभामुख रानाले प्रशंसा गर्नुभयो । आफ्नो जीवन पनि सानैदेखि गरिबी, अभाव र दुःखमै बितेको उहाँले बताउनुभयो ।
त्यस अवसरमा नेपाल प्रहरीका पूर्व महानिरीक्षक सर्वेन्द्र खनालले समाजमा देखिने नकारात्मक कुराहरूलाई गीतसङ्गीतमार्फत उठाइएको भन्दै सफलताको शुभकामना दिनुभयो ।
राष्ट्रिय सेवा दलका तालिम योजना तथा अनुगमन निरीक्षक महेशकुमार थापाले महिलाहरूलाई सम्पूर्ण अधिकार प्रयोग गर्न सक्ने गरी सक्षम बनाउनुपर्नेमा जोड दिनुभयो ।
गीतमा शिव चम्लागाईको शब्द र सङ्गीत छ । फिल्ममा कलाकारहरू सञ्चिता लुइँटेल, बेनिसा हमाल, गजित बिष्ट, सोनिका बास्तोला, थमन सिंह पुर्जा, क्रिस केसी र बाल कलाकार समृद्धि श्रेष्ठले अनिभय गर्नुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- ९७ वर्षीया वृद्धाको स्तन क्यान्सरको सफल शल्यक्रिया
- भेरी करिडोरको तल्नुबगर ‘बेलिब्रिज’ सञ्चालन
- संसदीय छानबिन समिति गठन गर्न दलहरु सहमत
- प्रदेशसभा बैठकः विशेषाधिकार समिति गठन
- चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस
- सदनको अवरोध अन्त्यका लागि आज पनि शीर्ष नेताबीच छलफल
- मकवानपुरमा सवारी दुर्घटना, दुईजनाको मृत्यु, एक घाइते
- वाग्मती सफाइ अभियानमा छ हजार बिरुवा रोपिए
- कोशी प्रदेश मन्त्रिमण्डल विस्तार : पाँच मन्त्री एवं दुई राज्यमन्त्री थप
- पहिलो पटक टिपताला पुगे नेपालतर्फका स्काभेटर र ट्याक्टर