+

लेबनानमा शान्ति मिसनमा खटिएका नेपाली सैनिकको मृत्यु

काठमाडौँ । संयुक्त राष्ट्र संघ अन्तरगत शान्ति मिसनमा खटिएका एक नेपाली सैनिक जवानको मृत्यु भएको छ ।

लेबनानमा तैनाथ श्री पुरानो गोरख गणको ६४ औं डफ्फामा कार्यरत सैनिक जवान सुवास थापाको मृत्यु भएको  हो । सैनिक जवान थापाको माघ १८ गते मा मृत्यु भएको नेपाली सेनाको सूचना तथा जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

दोलखा स्थायीका थापा गणको हेक्वार्टरको बंकरमा स्ट्याण्डबाई ड्यूटीमा रहँदा आफैंले बोकेको हतियारबाट गोली लागेको सेनाले जनाएको छ । ‘घाइते अवस्थामा फेला पारेर युनिफिल लेभल १ अस्पतालमा उपचारका लागि लगिएकोमा उहाँको निधन भएको हो’ सेनाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै