मनाङ। चलचित्र ‘खुस्मा’ को पहिलो तालिकाअन्तर्गतको छायाङ्कन सुरु भएको छ । पहिलो तालिकाअनुसार यही माघको १० गतेदेखि मनाङबाट चलचित्रको छायाङ्कन सुरुआत गरिएको हो ।
हिउँका दृश्य चलचित्रमा राख्नुपर्ने भएकाले मनाङबाट फिल्मको छायाङ्कन सुरु गरिएको निर्माण पक्षले जनाएको छ । यस चलचित्रमा नायक धिरज मगर र नायिका उपासना सिंह ठकुरी चलचित्रमा पहिलो पटक एकसाथ देखिन थाल्नुभएको निर्माण पक्षको भनाइ छ ।
यस चलचित्रलाई नव–निर्देशक अशोक थापा मगरले निर्देशन गर्नुभएको हो । मनाङमा १० दिन विभिन्न स्थानको दृश्य खिचेर निर्माण युनिट रुकुम जाने बताइएको छ । यस चलचित्रमा बेताने मगर, चन्द्र भट्टचन, मोहन राई, सुस्मिता बुढाथोकी निर्माताका रुपमा रहनुभएको छ ।
यस चलचित्रमा एस डी योगीको सङ्गीत र दीपक बज्राचार्यले छायाङ्कन गर्नुहुनेछ । चलचित्रमा अस्तित्व भट्टचन, खड्कबहादुर पुन, अरुण मगरलगायत कलाकारको पनि अभिनय रहने बताइएको छ । एम मिडिया प्रालिको ब्यानरमार्फत निर्माण भइरहेको चलचित्रलाई गोविन्द शाही वितरक रहनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- ९७ वर्षीया वृद्धाको स्तन क्यान्सरको सफल शल्यक्रिया
- भेरी करिडोरको तल्नुबगर ‘बेलिब्रिज’ सञ्चालन
- संसदीय छानबिन समिति गठन गर्न दलहरु सहमत
- प्रदेशसभा बैठकः विशेषाधिकार समिति गठन
- चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस
- सदनको अवरोध अन्त्यका लागि आज पनि शीर्ष नेताबीच छलफल
- मकवानपुरमा सवारी दुर्घटना, दुईजनाको मृत्यु, एक घाइते
- वाग्मती सफाइ अभियानमा छ हजार बिरुवा रोपिए
- कोशी प्रदेश मन्त्रिमण्डल विस्तार : पाँच मन्त्री एवं दुई राज्यमन्त्री थप
- पहिलो पटक टिपताला पुगे नेपालतर्फका स्काभेटर र ट्याक्टर