+

काभ्रेपलान्चोक सहायता समिति बेल्जियमको अध्यक्षमा गौतम

काठमाडौँ । काभ्रेपलान्चोक सहायता समिति, बेल्जियमको अध्यक्षमा उद्धवप्रसाद गौतम निर्वाचित हुनुभएको छ । बेल्जियमको हेरेन्टमा आज आयोजित समाजको दोस्रो अधिवेशनले गौतमको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो । 

समाजको वरिष्ठ उपाध्यक्षमा मोहन राउत, उपाध्यक्षहरुमा सुदीप तिवारी, नवराज गौतम र महिला उपाध्यक्षमा रैना बस्नेत श्रेष्ठ निर्वाचित हुनुभएको छ । साथै महासचिवमा तिलक बल तामाङ्ग, सचिवमा सुरज खरेल र कोषाध्यक्षमा शारदा धिताल निर्वाचित हुनुभएको समाजले जनाएको छ । 

समाजको कार्यकारी सदस्यहरुमा मनोज खरेल, रबिन खड्का, वीरेन्द्र खड्का, बिनेश ढुङ्गाना, जानु नेपाल, फुलमाया तामाङ्ग र सुनिल केसी सर्वसम्मत रुपमा निर्वाचित हुनुभएको छ ।

अधिवेशनले दामोदरप्रसाद आचार्यलाई वरिष्ठ सल्लाहकार र अन्य सल्लाहकारमा टिकाभक्त खरेल र सहदेव गौतमलाई चयन गर्दै दिनेश उप्रेतीलाई संरक्षक तोकेको छ ।   
सङ्गठनका अध्यक्ष दिनेश उप्रेतीको अध्यक्षतामा भएको दोस्रो अधिवेशनका प्रमुख अतिथि लुम्बिनी–कपिलवस्तु दिवस विश्व अभियानका युरोप सल्लाहकार दामोदरप्रसाद आचार्य र अध्यक्ष दिनेश उप्रेतीले संयुक्त रुपमा अधिवेशनको शुभारम्भ गर्नुभयो । 

विशिष्ठ अतिथि गैर आवासीय नेपाली सङ्घ, बेल्जियमका अध्यक्ष सिता सापकोटा र अतिथि एक्टिभ इन्टरकल्चरल फेडेरेसनकी प्रतिनिधि तथा गैर आवासीय नेपाली सङ्घ बेल्जियमका महासचिव रुबिना शर्मा, तमु समाज, बेल्जियमका अध्यक्ष होम गुरुङ्ग, नेपाली व्यवसायी सङ्घ, बेल्जियमका अध्यक्ष चिरनकुमार खवास, नेपाली जन–प्रगतिशील मञ्चका प्रतिनिधि मनिष गुरुङ्ग, क्षत्री समाज, बेल्जियमका अध्यक्ष दीपक कार्की,  नेपाली व्यवसायी सङ्घ, बेल्जियमका निवर्तमान अध्यक्ष यमु निरौलालगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । 

त्यस अवसरमा लुम्बिनी–कपिलवस्तु विश्व अभियान, बेल्जियमका सभापति डा राजेन्द्र बारी, चितवन सहायता कोष, बेल्जियमका अध्यक्ष इश्वोरीप्रसाद कँडेल, गैर आवासीय नेपाली सङ्घ, बेल्जियमका उपाध्यक्ष लोकेन्द्र नेपालको पनि उपस्थिति थियो ।

प्रमुख अतिथि लुम्बिनी–कपिलवस्तु दिवस विश्व अभियानका युरोप सल्लाहकार दामोदरप्रसाद आचार्यले सङ्गठन काभ्रेपलान्चोकमा स्वास्थ्य र शिक्षाको क्षेत्रमा योगदान गर्ने उद्देश्यले स्थापित भएको बताउनुभयो । गैर आवासीय नेपाली सङ्घ, बेल्जियमका अध्यक्ष सिता सापकोटाले परोपकारी काममा सिन्धुपाल्चोकको माझी बस्ती निर्माणमा जुटेको श्वेताश्री फाउन्डेसनसँग हातेमालो गर्दै यस सङ्गठनले गरेको योगदान सराहनीय भएको उल्लेख गर्नुभयो । 

सङ्गठनका अध्यक्ष दिनेश उप्रेतीले सङ्गठनले आयोजना गरेका कामामा अन्य सङ्घ सङ्गठन र महानुभावहरुले दिनुभएको साथ र सहयोगका लागि हार्दिक आभार व्यक्त गर्नुभयो । साथै आगामी दिनहरुमा पनि त्यसरी नै साथ, सहयोग र ऐक्यवद्धताको अपेक्षा राखिएको बताउनुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै