+

समिक्षा अधिकारी र रामजी खाँडको प्रस्तुतीले तात्यो बैजनाथ महोत्सवको छैटौं दिन

बाँके । बैजनाथ गाउँपालिका ५ मा अवस्थित न्यू सिटी खुल्ला मैदानमा सञ्चालन भैरहेको महोत्सवमा सोमबार छैटौ दिनमा पनि हजारौँ दर्शकहरुले मनोरञ्जन लिएका छन् । महत्सवको छैटौ दिन आज चर्चित गायिका समिक्षा अधिकारी, लोक दोहोरी गायक रामजी खाण तथा हास्य कलाकार भुवनेश्वर अधिकारी, गायिका तथा चर्चित उद्घोषिका शोभा त्रिपाठि लगाएका कलाकारहरुले बेजेड प्रस्तुती दिनुभएको थियो । 

हजारौँ दर्शकहरुको उपस्थितीमा कलाकारको दमदार प्रस्तुतीले महोत्सवको माहोर निकै तातेको थियो । माघ १० गतेदेखी सञ्चालन भैरहेको महोत्सवमा दिनदिनै दर्शकहरुको बाक्लो भिड लागिरहेको छ । महत्सोव माघ २१ गतेसम्म सञ्चालन हुनेछ । 
 
महोत्सवमा तीन लाख  दर्शकहरूले अवलोकन गर्ने अनुमान रहेको महोत्सव मुल आयोजक समितिले जनाएको छ । 
 
महोत्सवमा स्थानीय संस्कृतिको झल्को दिने थारू संस्कृती लगायत पर्याप्त मनोरञ्जनका स्टलहरू राखिएको छ । महोत्सवले स्थानीय पर्यटन र सस्कृति प्रर्वद्धनमा टेवा पुग्ने विश्वास लिएको महोत्सव संयोजक सुमन विश्वकर्माले जानकारी दिनु भएको छ ।
 
भोली माघ १६ गते चर्चित गायिका रचना रिमाल, थारु गायक श्री निवास थारु, गायक एम.टी. महर, गायक कमल बिसी लगाएतकाको प्रस्तुति रहने  आयोजकले जनाएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै