+

इन्डियन आइडलमा तहल्का मच्चाइरहेकी मेनुकालाई आँखा देख्ने ‘एआई’ चस्मा

काठमाडौँ । इन्डियन आइडलमा प्रतिस्पर्धा संगै चर्चा र सफलता हात पारिरहेकी गायिका मेनुका पौडेलले आर्टिफिसियल इन्टिलिजेन्स (एआई) जडित स्मार्ट भिजन चस्मा प्राप्त गर्नुभएको छ । 

आइडलको आइतबार साँझको एपिसोडमा गायीका पौडेललाई भारतीय नेत्र चिकित्सक डाक्टर नितिन र रोहनले एआई जडित उक्त स्मार्ट भिजन चस्मा प्रदान गर्नुभएको थियो ।  इन्डियन आइडलको मञ्चमै मेनुकाले उक्त चस्मा लगाएर डेमो प्रदर्शन गर्नुभएको थियो । 

गायिका लता मंगेशकरको गीतमा प्रस्तुती दिएपछि मेनुकालाई चस्मा उपहार दिन चिकित्सक आइडलको स्टेज उक्लिएका थिए । चिकित्सकले मेनुकालाई ‘गिफ्ट अफ साइट’ भन्दै चस्मा दिएका थिएका थिए ।

चस्मामा मेनुकाले रियाज गर्न सक्ने, एक्लै हिँडडुल गर्न सक्ने, पढ्न सक्ने र सामुन्ने उभिएको मान्छेलाई चिन्न सक्ने बताइएको छ । 

चस्मामा क्यामेरा जडान छ । क्यामेराले फोटो खिच्ने र सेन्सरले उक्त इमेजबारे विस्तृत चित्र बताउँछ । चस्माको सेन्सरमा एआई जडान गरिएको छ । चस्माको साइडमा पाँच अक्षर पनि समावेश छन् । जसलाई थिचेर मेनुकाले केहि सामान्य काम पनि गर्न सक्नुहुने बताइएको छ । 

नेपाली चेली मेनुका इन्डियन आइडलको जारी सिजनमा उत्कृष्ट १० भित्र छनौट हुनुभएको छ ।  उहाँलाई उपाधिको दाबेदारसमेत मानिँदैआएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै