+

निफमा निर्णायक समिति सदस्य मनोनीत

काठमाडौँ । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा हुने नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोसत्व (निफ)को सातौँ संस्करणमा नेपालकोतर्फबाट निर्णायक मण्डलमा रहने सदस्य मनोनीत गरिएको छ । 

महोत्सवका अध्यक्ष केपी पाठकका अनुसार चलचित्रतर्फ अभिनेता प्रदीप खड्का, छोटा चलचित्र तथा वृत्तचित्रतर्फ अभिनेत्री दिया मास्के र किशोर आचार्य नेपालका तर्फबाट निर्णायक समितिमा सदस्य रहने तय भएको हो । 

‘महोत्सवमा ३ विधामा तीन सदस्यीय समिति रहने प्रावधानअनुरुप नेपालतर्फका निर्णायक सदस्यको नाम टुङ्गो लागेको हो, त्यही विधामा २ निर्णायक विदेशी चलचित्रकर्मी हुनेछन्, उहाँहरूको नाम केही समयमा नै सार्वजनिक गर्नेछौँ’ अध्यक्ष पाठकले भन्नुभयो ।

उहाँले आगामी चैत १ देखि ५ गतेसम्म काठमाडौँमा हुने महोत्सवमा ४० देशका ८८ चलचित्र छनोट भएका जानकारी दिनुभयो । कान्स, लोकार्नो, बर्लिन लगायत प्रतिष्ठित महोत्सवमा प्रदर्शित चलचित्र समावेश हुनु सुखद भएको अध्यक्ष पाठकले बताउनुभयो । उहाँका अनुसार महोत्सवमा सहभागी चलचित्र प्रदर्शनसँगै निर्माणका विभिन्न विधासँग सम्बन्धित रहेर कार्यशाला, छलफल र अन्तरक्रिया कार्यक्रम गरिनेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै