+

बैजनाथ महोत्सवमा कलाकार सिम्रनको बेजोड प्रस्तुति

बाँके  । प्रथम बैजनाथ महोत्सवमा राष्ट्रिय कलाकारको प्रस्तुतिले कोहलपुरको न्युसिटी खुल्ला मैदान दिनहुँ झन भन्दा झन रोमाञ्चक बनिरहेको छ ।  महोत्सवमा आइतबार चर्चित कलाकार सिमरन परियारको बेजोड प्रस्तुतिले महोत्सवको माहोल निकै गर्मरायो ।   

दर्शकहरुले  उल्लेख्य उपस्थितीमा उत्साहका साथ महोत्सवको मनोरञ्जन लिएका छन् ।  पछिल्लो समयमा निकै चर्चा पाएकी गायिका परियारले प्रथम बैजनाथ महोत्सवमा आफ्ना चर्चित गीत बाट दर्शकलाई मनोरञ्जन दिनु भएको छ । माघ १०  गतेदेखी सञ्चालन भैरहेको महोत्सवमा दिनदिनै दर्शकहरुको बाक्लो भिड लागिरहेको छ । 

महोत्सव स्थलमा स्थानीय संस्कृतिको झल्को दिने थारू गाउँ, सहित रमाइलो मेला सहितका पर्याप्त मनोरञ्जनका स्टलहरू रहेका छन् । त्यस्तै महोत्सवले स्थानीय पर्यटन, उद्योग, संस्कृति प्रर्वद्धनमा टेवा पुग्ने विश्वास लिएको महोत्सवका संयोजक सुमन विश्वकर्माले विश्वास बताउनुभयो । महोत्सव माघ २९ गतेसम्म संचालन हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै