+

विद्यालयमा ‘सिसी क्यामेरा’ जडान

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाको साँघुस्थित प्रस्तावित नमुना नारायणी माध्यमिक विद्यालयमा  सिसी क्यामेरा जडान गरिएको  छ । 

शैक्षिक व्यवस्थापनमा सुधार ल्याउने उद्देश्यले विद्यालयमा सिसी क्यामेरा जडान गरिएको हो । विद्यालय परिसर, कार्यालय, कक्षाकोठा लगायत ठाउँमा निगरानी गर्न सकिने गरी पहिलो चरणमा २६ वटा सिसी क्यामेरा जडान गरिएको विद्यालयले जनाएको छ । 

संघीय सरकार नमूना विद्यालय विकास कार्यक्रमको शैक्षिक गुणस्तर सुधारअन्तर्गत नारायणी माविमा सिसी क्यामेरा जडान गरिएको गाउँपालिकाका अध्यक्ष विजयप्रकाश वनेमले बताउनुभयो । अध्यक्ष वनेमका अनुसार विद्यालयमा शिक्षकको विद्युतीय हाजिरीको शुरुवात समेत गरिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै