+

रुस–युक्रेन युद्धमा फेरि एक नेपालीको मृत्यु

काठमाडौँ । रुसी सेना भर्ती भएका फेरि अर्का नेपालीको मृत्यु भएको छ । रुसी सेनामा भर्ना भएका रसुवा नौकुण्ड गाउँपालिका– ५ का ३२ वर्षीय सुन्दर मोक्तानको मृत्यु भएको हो । 

सुन्दरको रुस–युक्रेन युद्धमा परी मृत्यु भएको गाउँपालिका अध्यक्ष नुर्वु स्याङवो घलेले जानकारी दिनुभएको छ ।  अध्यक्ष घलेका अनुसार सुन्दर गएको भदौमा रुसी सेनामा भर्ती हुन् ।  सुन्दर  मृत्युको खबर  पुस १२ गते परिवारले थाहा पाएका छन् ।  सुन्दरसँगै रुसी सेनामा रहेका साथीहरुले परिवारलाई मृत्युको खबर पठाएका हुन् ।  

गाउँपालिका उपाध्यक्ष चन्द्रबहादुर गलानका अनुसार  ३ दिन अघि रुसी सेनाका एक जना कमाण्डरले उनको मृत्यु भउको पुष्टि हुने तस्बिर पठाएका थिए ।    ‘रुसका एक जना कमाण्डरले मृतकका फोटोहरु परिवारलाई पठाएका छन्’ उपाध्यक्ष गलानले भन्नुभयो – ‘मृतकको लाशको फोटोहरु प्राप्त भएपछि परिवारले मृत्यु भएको स्वीकार गरिसकेको छ ।’

रुस–युक्रेन युद्धमा जीवन गुमाएका सुन्दर नेपाली सेनाको जागिर छोडेर रुस गएका हुन् ।  उनको आमा, श्रीमती,  एक छोरा र एक छोरी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै