+

प्रवासी नेपाली एकता मञ्च बेलायतको अध्यक्षमा श्रेष्ठ


काठमाडौँ । नेकपा एकीकृत समाजवादी निकट  प्रवासी नेपाली एकता मञ्च  बेलायतको छैटौ अधिवेशन सम्पन्न भएको छ । 

बेलायतको ह्यारो स्थित नेवाः छे माया पवमा भएको कार्यक्रमना एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य तथा प्रवास समन्वय कमिटी इन्चार्ज /संयोजक  श्रीप्रसाद साहको प्रमुख आथित्यता रहेको थियो  ।  

कार्यक्रममा बिशेष अतिथिका रूपमा युरोप समन्वय कमिटी संयोजक तथा प्रवास समन्वय कमिटी सदस्य  उमेशराज मोक्तान र प्रवास समन्वय कमिटी सदस्य कृष्ण तिवारी लगायतको उपस्थिति रहेको थियो। अक्टोवर १३ मा आयोजक कमिटी गठन भएकोमा यो अधिवेशनले  देबेन्द्र श्रेष्ठको अध्यक्षतामा नया कार्यसमिति गठन गरेको छ । 

नवनिर्वाचित कार्यसमितिमा अध्यक्ष  देबेन्द्र श्रेष्ठ , उपाध्यक्ष मोहन गौतम , उपाध्यक्ष गोबिन्द उप्रेती , महासचिव रमेश बटाला ,  सहसचिव एल बि तामांग , आर्थिक विभाग प्रमुख वैभव कसोधन सदस्यहरु दिनेश अधिकारी  जेम्स श्रेष्ठ इलियास अन्सारी सहित १३ सदस्यीय कमिटी गठन गरेको छ ।

यसैगरी उमेशराज मोक्तान शुशिला राई र कृष्ण तिवारीसहित ३ सदस्यीय सल्लाहकार कमिटी समेत गठन गरिएको छ । 

कार्यक्रममा प्रमुख अतिथि श्रीप्रसाद साहले कमिटीका सदस्यहरूलाई शपथ ग्रहण गराउनु भएको थियो । कार्यक्रममा युरोप संयोजक उमेशराज मोक्तान र निवर्तमान अध्यक्ष कृष्ण तिवारी लगायतले मन्तव्य राख्नुभएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै