+

नेपालमा विदेशी चलचित्रको छायाङ्कन !

काठमाडौँ ।  कोदारी (अरनिको) राजमार्ग र बाह्रबिसे आसपासको दृश्य झैँ देखिने स्थानको निर्माण (सेट लगाएर) हलिउड चलचित्र ‘आइस रोड–२’ को छायाङ्कन अष्ट्रेलियाको भिक्टोरियास्थित वालहल्ला भन्ने ठाउँमा गरिएको  छ  । 

त्यस  स्थानको श्रव्यदृश्य सार्वजनिक भएसँगै नेपालको झल्को दिएको प्रतिक्रिया सामाजिक सञ्जालमा छन् । त्योभन्दा बढी चलचित्रका निर्माता, निर्देशकले ठाउँ नै निर्माण गरिने खर्चको सट्टा नेपाल आएर छायाङ्कन किन गरेनन् ? भन्ने छ । त्यहाँभन्दा नेपालमा वास्तविक दृश्य प्राप्त हुनुका साथै खर्च पनि कम हुन्छ । यसको जवाफ सम्बन्धित निकायसँग पनि छैन । 

रोजगारी सिर्जना गर्ने र आर्थिक गतिविधिलाई बढावा दिने भएकाले विश्वका अन्य देशले छायाङ्कनलाई आकर्षित गरिरहेको प्रोडक्सन म्यानेजर अरुण रेग्मीले बताउनुभयो । उहाँले नेपालमा ‘उचाई’, ‘फर्जी’ जस्ता चलचित्र र वेब शृङ्खलामा काम गरिसक्नुभएको छ । 

‘उहाँहरूलाई चाहिने सहजता दिन हामीलाई सहज छैन । उहाँहरूको कथाअनुसार देखाइनुपर्ने दृश्य र खिचिने सामग्रीका लागि कतिपय कानुनी झन्झट पनि छन्’ म्यानेजर रेग्मीले भन्नुभयो । उहाँले एकद्वार प्रणालीमार्फत विदेशी चलचित्रलाई दिइनुपर्ने इजाजत दिएमा विस्तारै विदेशी चलचित्र नेपालमा छायाङ्कनका लागि आउने बताउनुभयो । 

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले देखिएका समस्या चलचित्र नीति बनेपछि समाधान हुने बताउनुभयो । ‘विविध समस्या छन्, तर नीति म अभिनेता बन्नुभन्दा अगाडिको छ । त्यसैले अहिले देखिएका समस्या समाधान गर्दैन । त्यसैले चलचित्र नीति चाँडै बन्नेछ’ बोर्ड अध्यक्ष केसीले भन्नुभयो ।

सन् १९७२ मा भारतीय अभिनेता देवानन्द र जिनत अमामको चलचित्र ‘हरे रामा हरे कृष्णा’को छायाङ्कन काठमाडौँमा गरिएको थियो । त्यसयता ‘महान’, ‘युद्ध’, ‘खुदा गवा’, ‘बेकाबू’, ‘घरवाली बाहारवाली’, ‘लव इन नेपाल’, ‘बेबी’, ‘दिल धड्क धड्क’, ‘द गोल्डेन चाइल्ड’, ‘बाराका’, ‘लिटल बुद्ध’, ‘सेभेन इयर्स इन तिब्बत’, ‘द फल’, ‘रिर्टन्ड , चाइल्ड सोल्जर्स अफ नेपाल्स माओइस्ट आर्मी’, ‘द वाइल्डेस्ट ड्रिम’, ‘बियोन्ड द एज’, ‘एभरेस्ट’ लगायतका चलचित्र छायाङ्कन गरिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै