+

रुसी सेनामा भर्ना भएका लमजुङ दूधपोखरी वाईसीएल अध्यक्षको मृत्यु

काठमाडौँ । रुसी सेनामा भर्ती भएका लमजुङ दूधपोखरी वाईसीएल अध्यक्षको मृत्यु भएको छ ।  रुसी सेनामा रहेका  दूधपोखरी गाउँपालिका–१ घामर चोकका ३२ वर्षीय साजन गुरुङको मृत्यु भएको हो । 

साजनको रुस–युक्रेन युद्धमा मृत्यु भएको खबर प्राप्त भएको वडाध्यक्ष दुर्गामान गुरुङले जानकारी दिनुभएको छ । वडाध्यक्ष दुर्गामानका अनुसार रोजगारीका लागि रुसी सेनामा पुगेका साजनको मृत्यु भएको खबर ५ दिन अघिमात्र परिवारले सुनेका छन् ।   साजनसँगै रुसी सेनामा पुगेका साथीहरुले उनका भाइ कुमारलाई घटना सुनाएका हुन् । जर्मनीमा रहेका भाइ कुमारले दाइको मृत्युको खबर घर पठाएपछि परिवारले पुस २९ गते क्रियाकर्म समेत गरिसकेको वडाध्यक्ष दुर्गामानले बनाउनुभयो । 

साजन दूधपोखरी गाउँपालिकाका वाईसीएल अध्यक्ष हुन् । रोजगारीका लागि भन्दै साढे तीन महिना अघि उनी रुसी सेनामा पुगेका हुन् । उनको घरमा बुबा, आमा, श्रीमती र एक छोरा छन् ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै