+

रुकुममा एफटिटीएच नेटवर्क शुरु

काठमाडौँ । रुकुममा दूरसञ्चार पूर्वाधार अप्टिकल फाइबर नेटवर्कबाट ट्रान्समिसन लिङ्क पु¥याएर फाइवर टू द होम (एफटिटीएच) नेटवर्क शुरु भएको छ । 
 
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले एफटिटीएचको भर्चुअलमार्फत शुभारम्भ गर्नुभएको छ । मन्त्री  शर्माले बुधबार मन्त्रालयमा आयोजित कार्यक्रममा रुकुमपूर्व र रुकुमपश्चिममा एफटिटीएचको भर्चुअलमार्फत शुभारम्भ गर्नुभएको हो ।  मन्त्री  शर्माले सरकारका प्रवक्ता शर्माले कान्छो जिल्ला रुकुममा एफटिटीएच जोड्न पाउँदा खुशी लागेको बताउनुभयो । 

अब हुम्ला र डोल्पामा पनि सेवा पु¥याउने प्रतिवद्धता व्यक्त गर्नुभयो । ‘सूचना र सञ्चारको विकासमा सरकार प्रतिबद्ध छ, पछिल्लोपटक भूकम्प प्रभावित जिल्लामा इन्टरनेट सेवा पु¥याउनुपर्छ’  उहाँले  भन्नुभयो । सञ्चारको विकासले अन्य क्षेत्रमा प्रभाव पार्ने भएकाले सञ्चारको विकास अपरिहार्य भएको उहाँको भनाई छ । 

सांसद पूर्णबहादुर घर्तीले रुकुममा आधुनिक सूचना प्रविधि जोडिनु सकारात्मक भएको बताउनुभयो । मन्त्रालयका सचिव तथा नेपाल टेलिकम सञ्चालक समितिका अध्यक्ष कृष्णबहादुर राउतले ग्राहकलाई गुणस्तरीय सेवा दिन निर्देशन दिनुभयो । कार्यक्रममा नेपाल टेलिकमका प्रबन्ध निर्देशक सङ्गीता पहाडीले हालसम्म ७४ जिल्लामा ‘फोर जी’ सेवा पुर्यासकेको जानकारी दिनुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै