+

दोहोरो अंकले घट्यो नेप्से

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक बुधबार १७ दशमलव २३ अंकले घटेर २ हजार ७० दशमलव ८४ को बिन्दुमा कायम भएको हो ।

बुधबार ३ सय ७ कम्पनीको १ करोड ४३ लाख ३७ हजार ७ सय ३८ कित्ता शेयर १ लाख १७ हजार  ४ सय ७६ पटक खरिदबिक्री हुँदा ५ अर्ब २४ करोड ८७ लाख ८२ हजार ६ सय ११ रुपैयाँ बराबरको कारोबार भएको छ ।

म्युचुअल फन्ड समूह शून्य दशमलव ५३ र निर्जीवन बीमा समूह १ दशमलव १६ प्रतिशतले बढेका छन् । अन्य समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै व्यापार समूहको उपसूचकमा २ दशमलव ३२ प्रतिशतले कमी देखिएको छ ।

चार कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड, इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेड, मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेड र चिर्खवा हाइड्रोपावर लिमिटेडको शेयर मूल्य १० प्रतिशतले बढेको हो । बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको नेप्सेले जनाएको छ ।

कारोबार रकमका आधारमा बुधबार सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको १९ करोड ६६ लाख ६४ हजार  सय ९३ रुपैयाँ बराबरको कारोबार भएको छ । , कारोबार भएका शेयर संख्याका आधारमा हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको ५ लाख ७ हजार ७ सय ७५ कित्ता शेयर किनबेच भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै