+

सुनचाँदीको मूल्य घट्यो

नेपालकैरन
काठमाडौँ ।

सोमबार पनि सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावल सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेर एक लाख ७ हजार ९ सय रुपैयाँ कायम भएको छ ।

आइतबार प्रतितोला एक लाख ८ हजार रुपैयाँमा कारोवार भएको सुन सोमबार तोलाको एक सय रुपैयाँले घटेर एक लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

आजका लागि तेजावी सुनको मूल्य एक लाख ७ हजार ४ सय रुपैयाँ तोकिएको छ । आइतबार एक लाख ७ हजार ५ सय रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै