+

शेयर २१ अंकले घट्यो, ७ अर्ब ११ करोडको कारोबार


काठमाडौँ । साताको पहिलो कारोबारमै शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ ।  नेप्से  २१ दशमलव शून्य ३ अंकले घटेर २ हजार ८८ दशमलव शून्य ७ विन्दुमा झरेको छ ।

आइतबार हाइड्रोपावर, बीमा र अन्य बाहेक अरू समूहको शेयर घटेकोमा उत्पादन तथा प्रशोधन, व्यापार, होटल तथा पर्यटन, विकास बैंक र फाइनान्स समूहको शेयर उच्च अंकले ओरालो लागेको छ । 

ज्योति विकास बैंक बोन्ड २०८७ र नेपाल रिपब्लिक मिडिया लिमेटेडको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन आइतबार ५ वटा कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

आइतबार १ करोड ८५ लाख कित्ता शेयर ७ अर्ब ११ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको ३० करोड रुपैयाँको शेयर किनबेच भएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै