बाँके । नेपालगञ्ज उपमहानगरपालिका–१४ भवानीयपुरमा निर्माणाधीन बहुउद्देश्यीय सिटीहल अझै सम्पन्न हुन सकेको छैन । शहरी विकास मन्त्रालयअन्तर्गत निर्माण भइरहेको त्यो हलको तीन पटकसम्म म्याद थपिँदा पनि अधुरै छ ।
कोरोना, निर्माण सामग्री समयमा नपाउनु र बीचमा डिजाइन परिवर्तन गर्नु परेकाले तोकिएको समयमा हल निर्माण पूरा हुन नसकेको शहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन एकाइ कार्यालय बाँकेले जनाएको छ । पछिल्लो समय कामले तीव्रता पाएको कार्यालयका प्रमुख विजय केशर खनालले बताउनुभयो ।
डिजाइन परिवर्तन गर्दा थप सात करोड रुपैयाँआवश्यक परेकाले त्यो बजेट केन्द्रसँग माग गरिएको भन्दै बजेट प्राप्त भएमा आगामी असार मसान्तसम्म निर्माण सम्पन्न हुने उहाँले बताउनुभयो ।
प्रमुख खनालका अनुसार कूल २९ करोड ४५ लाख ५५ हजार ९ सय ५१ रुपैयाँमा लामा कन्स्ट्रक्सनले निर्माण गरिरहेको त्यो बहुउपयोगी भवनको डिजाइन परिवर्तन गर्दा ३२ करोड रुपैयाँ लागत पुगेको छ ।
सिटीहल निर्माणका लागि विसं २०७८ साउन २५ गते काम सम्पन्न गर्नेगरी विसं २०७५ माघ २५ मा सम्झौता भएको थियो । हालसम्म करिब ८६ प्रतिशत भौतिक प्रगति भएको जनाउँदै माग गरिएको बजेट तत्काल आउने हो भने असारसम्म काम सम्पन्न गरिने प्रमुख खनालको भनाइ छ । उहाँका अनुसार भवनमा बालकोनीसहित सात ९५ सिट क्षमताका साथै तीन वटा ‘कन्फ्रेन्स हल’समेत रहेका छन् ।
पश्चिम नेपालको केन्द्रबिन्दु नेपालगञ्जमा हुने विभिन्न प्रकारका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सभा, सम्मेलन, गोष्ठी, सांस्कृतिक कार्यक्रम लगायत सञ्चालन गर्न सिटीहल बहुउपयोगी हुने आशा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बागमतीको नीति तथा कार्यक्रम जेठ १४ गते आउने
- अमलेखगञ्ज–लोथर ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै
- प्रहरी जवान घिमिरेको हत्या आरोपमा ६ जना पक्राउ
- ९७ वर्षीया वृद्धाको स्तन क्यान्सरको सफल शल्यक्रिया
- भेरी करिडोरको तल्नुबगर ‘बेलिब्रिज’ सञ्चालन
- संसदीय छानबिन समिति गठन गर्न दलहरु सहमत
- प्रदेशसभा बैठकः विशेषाधिकार समिति गठन
- चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस
- सदनको अवरोध अन्त्यका लागि आज पनि शीर्ष नेताबीच छलफल
- मकवानपुरमा सवारी दुर्घटना, दुईजनाको मृत्यु, एक घाइते