तनहुँ । दमौली अस्पतालले शल्यक्रियासहित प्रसूति सेवा शुरु गरेको छ । अस्पतालमा प्रसूति सेवा शुरु भएपछि गर्भवतीलाई पोखरा, चितवन र काठमाडौँ पुर्याउनुपर्ने बाध्यता हटेको छ ।
अस्पतालले एनेस्थेसिया सहायकको पदपूर्ति र गण्डकी प्रदेश सरकारले स्त्री रोग विशेषज्ञको व्यवस्था गरेपछि प्रसूति शल्यक्रिया सेवा सञ्चालन गरिएको दमौली अस्पतालका प्रमुख डा परिवर्तन बरालले जानकारी दिनुभएको छ । विशेषज्ञ सेवाको अभावमा अस्पतालमा यसअघि सामान्य प्रसूति सेवा मात्र हुँदै आएको डा बरालले बताउनुभयो ।
‘यसअघि सम्भावित जोखिमलाई हेरेर प्रसूति गराउने गर्भवतीलाई पोखरा पठाउनुपर्ने अवस्था थियो’ डा बरालले भन्नुभयो– ‘अब प्रसूति गराउने गर्भवतीलाई अन्यत्र पठाउनुपर्दैन, अस्पतालबाटै प्रसूतिको शल्यक्रिया समेत गर्न सकिन्छ ।’ प्रसूति सेवा सञ्चालन गर्न विशेषज्ञ सेवा प्रवाह गर्न व्यास नगरपालिकाको कार्यालयले भत्ताको व्यवस्था लसमेत गरेको डा बरालले जानकारी दिनुभएको छ ।
गर्भवतीलाई औषधि दिएर सामान्य डेलिभरी गराउँदै आएकामा जटिल अप्रेसन गरी पाँच महिलाले शल्यक्रिया गरी शिशुलाई जन्म दिनुभएको अस्पतालका सूचना अधिकारी तथा अस्पताल नर्सिङ निरीक्षक मोनिका परियारले जानकारी दिनुभयो ।
‘शिशु जन्माउन पनि अन्यत्र जानुपर्ने अवस्था रोकिएको छ’ नर्सिङ निरीक्षक परियारले भन्नुभयो– ‘गर्भवतीका लागि दैनिक भिडियो एक्सरे, एक्सरे लगायतका सेवासमेत सञ्चालन गरिएको छ ।’ अस्पतालमा अहिले दैनिक करिब ४० गर्भवती महिला स्वास्थ्य परीक्षणका लागि आउने गरेको अस्पतालले जनाएको छ ।
अस्पतालमा माइनर अप्रेसन, हाडजोर्नी तथा नशा रोग, मानसिक रोग, महिनामा एकपटक मिर्गौला रोग विशेषज्ञबाट मिर्गौला बिरामीको स्वास्थ्य परीक्षण, दाँत, आँखा उपचार तथा फार्मेसी लगायत सेवा प्रदान गर्दै आएको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- अमलेखगञ्ज–लोथर ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै
- प्रहरी जवान घिमिरेको हत्या आरोपमा ६ जना पक्राउ
- ९७ वर्षीया वृद्धाको स्तन क्यान्सरको सफल शल्यक्रिया
- भेरी करिडोरको तल्नुबगर ‘बेलिब्रिज’ सञ्चालन
- संसदीय छानबिन समिति गठन गर्न दलहरु सहमत
- प्रदेशसभा बैठकः विशेषाधिकार समिति गठन
- चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस
- सदनको अवरोध अन्त्यका लागि आज पनि शीर्ष नेताबीच छलफल
- मकवानपुरमा सवारी दुर्घटना, दुईजनाको मृत्यु, एक घाइते
- वाग्मती सफाइ अभियानमा छ हजार बिरुवा रोपिए