+

प्रदेश प्रमुख मियाँसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँसमक्ष बझाङ निर्वाचन क्षेत्र १ (क) मा वैशाख १५ गते सम्पन्न उपनिर्वाचनको प्रतिवेदन पेश गरिएको छ । 

निर्वाचन आयोगका तर्फबाट प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले आज प्रदेश प्रमुखसमक्ष  प्रतिवेदन पेश गर्नुभएको हो ।  प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४ को व्यवस्थाअनुसार प्रतिवेदन पेश गरिएको हो । 

विसं २०७९ मा भएको प्रदेशसभा सदस्य निर्वाचनमा निर्वाचित नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंहको गत वर्ष असारमा गाडी दुर्घटनामा निधन भएपछि त्यस क्षेत्रमा उपनिर्वाचन भएको हो । उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारी विजयी हुनुभएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै