कालिकोट । नेपाली सेनाले जिल्लाको शुभकालिका ५ सुकाटियामा हेलिप्याड निर्माण गरेको छ ।
सेनाले चालु आर्थिक वर्षको शीघ्र प्रभाव आयोजना अर्न्तगत विनियोजित १० लाख बजेटमा जटिल अवस्थाका सुत्केरी महिला तथा विपदमा परेका नागरिकको हवाई उद्धार गर्न हेलिप्याड निर्माण गरी गाउँपालिकालाई हस्तान्त्रण गरेको हो ।
हेलिप्याड संघीय सांसद सीता रानाको प्रमुख आतिथ्यतामा आज गाउँपालिकालाई हस्तान्त्रण गरिएको छ ।
शमशेर गुल्म मान्मले एक महिनाको अवधिमा हेलिप्याड निर्माण गरेर हस्तान्त्रण गरेको गुल्मपति सेनानी रन्जित कार्कीले बताउनुभयो । सुकाटियाको डाँडो सम्याएर हेलिप्याड बनाइएको हो । यसबाट जटिल अवस्थाका सुत्केरी तथा विपद्का घाइतेलगायतको उद्धार गर्न सहज हुने सेनानी कार्कीले बताउनुभयो ।
सडक हस्तान्तरण कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष गोबिन्दप्रसाद आचार्यले सेनाले गाउँपालिकाको केन्द्रमा हेलिप्याड निर्माण गरेर हस्तान्त्रण गरेकामा खुशी व्यक्तगर्दै अप्रेशन गर्नुपर्ने खालका सुत्केरी महिला, विपद्बाट घाइते भएकालाई हेलिप्याड सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।
गाउँपालिकाको अनुरोधलाई स्वीकारेर सेनाले हेलिप्याड निर्माण गरिदिएकोमा धन्यवाद दिँदै अध्यक्ष आचार्यले हेलिप्याडको उचित संरक्षण, रेखदेख र मर्मर सुधार गाउँपालिकाले गर्ने प्रतिबद्धता जनाउनुभयो।
एक वर्षको अवधिमा मात्र शुभकालिकाका ३ जना सुत्केरी महिलाको सदरमुकाम मान्मबाट हवाइ उद्धार गरेर ज्यान बचाइएको छ । स्वास्थ्य संस्था लैजान ढिलाई हुँदा गत वर्ष नै भर्ता र छाती गाउँका दुई जना महिलाले सुत्केरी हुन नसकि अकालमा ज्यान गुमाउनु परेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- ९७ वर्षीया वृद्धाको स्तन क्यान्सरको सफल शल्यक्रिया
- भेरी करिडोरको तल्नुबगर ‘बेलिब्रिज’ सञ्चालन
- संसदीय छानबिन समिति गठन गर्न दलहरु सहमत
- प्रदेशसभा बैठकः विशेषाधिकार समिति गठन
- चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस
- सदनको अवरोध अन्त्यका लागि आज पनि शीर्ष नेताबीच छलफल
- मकवानपुरमा सवारी दुर्घटना, दुईजनाको मृत्यु, एक घाइते
- वाग्मती सफाइ अभियानमा छ हजार बिरुवा रोपिए
- कोशी प्रदेश मन्त्रिमण्डल विस्तार : पाँच मन्त्री एवं दुई राज्यमन्त्री थप
- पहिलो पटक टिपताला पुगे नेपालतर्फका स्काभेटर र ट्याक्टर