+

जापानी विदेशमन्त्री आइतबार नेपाल भ्रमणमा आउँदै

काठमाडौँ । जापानका विदेशमन्त्री कामिकावा योको आइतबार नेपालको औपचारिक भ्रमणमा आउँदै हुनुहुन्छ । उहाँ उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा नेपाल भ्रमणमा आउन लाग्नुभएको हो ।

भ्रमणका क्रममा विदेशमन्त्री कामिकावाले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । 

विदेशमन्त्री कामिकावाले सोही दिन उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री श्रेष्ठसँग भेटघाट र द्विपक्षीय वार्ता गर्नुहुनेछ । जापानी विदेशमन्त्री आइतबार नै  काठमाडौँबाट जापान प्रस्थान गर्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै