+

सुत्केरीको हेलिकप्टरबाट उद्धार

कालिकोट । कालिकोटको  सान्नीत्रिवेणी गाउँपालिका ४ की एक सुत्केरी महिलाको आज हेलिकप्टर मार्फत उद्धार गरिको छ । जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका ४ की २० वर्षीया लक्ष्मी शाहीलाई हेलिकप्टरबाट उद्धार गरी प्रदेश अस्पताल सुर्खेत लगिएको हो।

वैशाख ८ गते मेहलमुडी स्वास्थ्य चौकीमा सुत्केरी भएकी शाहीको स्वास्थ्य अवस्था कमजोर हुँदै गएपछि शुक्रबार जिल्ला अस्पताल मान्म ल्याइएको थियो । शाहीको शरीरमा अक्सिजनको मात्रा न्यून भई स्वास्थ्य अवस्था जटिल देखिएपछि उहाँलाई हेलिकप्टरबाट उद्धार गरी सुर्खेत लगिएको जिल्ला अस्पताल कालिकोटमा कार्यरत अहेव प्रकाश अधिकारीले बताउनुभयो ।

मुटुमा समस्या देखा परेकाले शाहीको जिल्लामा उपचार सम्भव नभएपछि सुर्खेत पठाइएको अधिकारीले बताउनुभयो । 

राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत् हेलिकप्टर मगाएर प्रदेश अस्पताल सुर्खेतमा थप उपचारका लागि लगिएको छ। बच्चा जन्मिसकेको तर मुटुमा समस्या देखा परेका कारण कालिकोटमा उपचार गर्न सम्भब नभएपछि सुर्खेत लगिएको छ।

हेलिकप्टर मगाउन प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले समन्वय गर्नुभएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै