+

नेफेजद्वारा डढेलो नियन्त्रण र तत्काल राहत वितरण गर्न आग्रह

काठमाडौँ ।  नेपाल वातावरण पत्रकार समूह (नेफेज)ले विभिन्न ठाउँमा लागेको डढेलो नियन्त्रण गर्न र प्रभावितलाई तत्काल राहत वितरण गर्न सरकारसँग आग्रह गरेको छ । यसका लागि सम्पूर्ण सरकारी संयन्त्र परिचालन गर्न समेत नेफेजले आग्रह गरेको छ ।

हालैका दिनहरुमा देशभर आगलागी, डढेलोको घटना बढ्दै गएको र यसका कारण जनधनको क्षतिका साथै वनजङ्गलमा क्षति भएको छ । डढेलोका कारण फैलिएको प्रदूषणले नागरिकको स्वास्थ्यमा असर परेकाले जनताको स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार समेत कुण्ठित भएको नेफेजका अध्यक्ष रोशनी अधिकारी पाठकद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

डढेलोका कारण राजधानी लगायत देशका विभिन्न स्थानमा वायु प्रदुषणको मात्रा अत्यधिक रुपमा बढ्न गएको छ । यसका कारण बालबालिका र वृद्धवृद्धाको श्वासप्रस्वासमा नै समस्या देखिन थालेको छ । आगो निभाउने संयन्त्रमा खटिएका व्यक्तिको उपयुक्त सुरक्षामा ध्यान दिन समेत नेफेजले सरकारसँग आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै