+

२५६८औँ बुद्धजयन्ती समारोह समिति गठन

काठमाडौँ ।  स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिका अध्यक्ष भिक्षु धर्ममूर्ति महास्थवीरको संयोजकत्वमा २५६८औँ बुद्धजयन्ती व्यवस्थापन मूलसमारोह समिति गठन भएको छ ।

जेठ १० गते बुद्ध जयन्तीका दिन स्वयम्भू तथा त्यस आसपास क्षेत्रमा लाग्ने वैशाख पूर्णिमा मेलालाई व्यवस्थित र भक्तजनलाई सहज बनाउन समिति गठन गरिएको हो ।  समितिमा पुरातत्व विभाग, काठमाडौँ महानगरपालिका–१५, महानगरीय प्रहरी प्रभाग स्वयम्भू, स्थानीय धार्मिक सङ्घसंस्थालगायतका प्रतिनिधि समावेश छन् ।

विश्वसम्पदा स्वयम्भूमा त्यस दिन पूजा गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहबाट करिब दुई लाख धर्मावलम्बी आउने अपेक्षा गरिएको महासमितिले जनाएको छ । महासमितिका महासचिव अशोक बुद्धाचार्यले यस वर्ष महायानी परम्पराअनुसार साकादावा पनि त्यसदिन परेकाले दर्शन गर्न आउने भक्तजनको सुरक्षा र सहजतालाई विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै