+

एकीकृत समाजवादीको चितवन अध्यक्षमा कन्दङ्गवा

चितवन  । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को  चितवन अध्यक्षमा नरेन्द्रकुमा कन्दङ्गवा चयन हुनुभएको छ । 

१० औँ जिल्ला अधिवेशनले कन्दङ्गवाको अध्यक्षतामा ६१ सदस्यीय  नयाँ कार्यसमिति चयन गरेको छ । पार्टीको बुधबारदेखि शुरु भएको अधिवेशनले बिहीबार राति नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा ईश्वरी लामिछाने र गङ्गालाल लामा, सचिवमा हेमन्त कँडेल निर्विरोध निर्वाचित हुनुभएको छ । अधिवेशनको बुधबार पार्टी अध्यक्ष माधवकुमार नेपालले उद्घाटन गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै