+

एमाले जुम्लाको अध्यक्षमा महत

जुम्ला । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जुम्लाको अध्यक्षमा शान्तिलाल महत निर्वाचित हुनुभएको छ । 

महत एक सय ९४ मतसहित विजयी हुनुभएको नवनिर्वाचित एमाले जुम्ला जिल्ला सचिव मानबहादुर रोकायाले जानकारी दिनुभयो । कूल तीन सय ३४ जना प्रतिनिधिमध्ये अध्यक्षका प्रत्यासी धीरेन्द्रराज गिरीले एक सय ३५ मत प्राप्त गर्नुभयो । 

महत यसअघि पनि जिल्ला कमिटी अध्यक्ष नै हुनुहुन्थ्यो । उपाध्यक्षमा प्रेमबहादुर बुढाले एक सय ८७ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी पदम बुढा एक सय ३८ मत प्राप्त गरेका छन् । 

सचिवमा मानबहादुर रोकाया एक सय ७९ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका प्रतिद्वन्द्वी आदीप्रसाद न्यौपानेले एक सय ४१ मत प्राप्त गर्नुभएको छ । उपसचिवमा धनबहादुर बुढाले एक सय ७९ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका प्रतिद्वन्द्वी धर्मेन्द्र रोकायाले एक सय ४१ प्राप्त गर्नुभएको छ । 

महिला उपसचिवमा मेनका रेग्मीले एक सय ७४ मत प्राप्त गरी विजयी हुनुभयो । सुशीला भट्टराईले एक सय आठ मत प्राप्त गरेको नेकपा एमाले जुम्लाले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै