+

राष्ट्रपति समक्ष प्रमुख आयुक्तद्वारा उपनिर्वाचनको प्रतिवेदन पेश

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष  प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य उपनिर्वाचन, २०८१ को परिणामसहितको प्रतिवेदन’ पेश भएको छ । 

राष्ट्रपति समक्ष प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उपनिर्वाचनको परिणामसहितको प्रतिवेदन’ पेश गर्नुभएको हो ।

शीतलनिवासमा आज आयोजित विशेष समारोहमा प्रमुख निर्वाचन आयुक्त थपलियाले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६२ बमोजिम  प्रतिवेदन पेश गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै