+

नेविसंघको प्रवक्तामा अधिवक्ता सेजुवाल

काठमाडौँ।  नेपाली कांग्रेसको  भातृ संगठन नेपाल विद्यार्थी संघको केन्द्रीय प्रवक्ता अधिवक्ता सुरज सेजुवाल बन्नुभएको छ । 

नेविसंघको केन्द्रीय कार्य समितिले अधिवक्ता सेजुवाललाई प्रवक्ताको जिम्मेवारी दिएको हो। केन्द्रीय कार्यसमितिको निर्णय बमोजिम नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले बिहीबार उहाँलाई प्रवक्ताको जिम्मेवारी दिनुभएको हो । 

जुम्लाका  सेजुवाल नेविसंघबाट राजनीतिमा सक्रिय हुँदै आउनुभएको छ । सेजुवाल २०६१ सालदेखि नेविसंघमा आवद्ध भइ राजनीतिमा सक्रिय हुन थाल्नुभएको हो । 

विभिन्न शैक्षिक गतिविधि लगायतका अध्ययन अनुसन्धानमा विशेष रुचि राख्ने सेजुवालले त्रिवि कानुन संकायबाट एलएलएम गर्नुभएको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै