हुम्ला । जिल्लाको उत्तरी भेगमा पर्ने नाम्खा गाउँपालिकालाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट खाद्य सहयोग प्राप्त भएको छ ।
तिब्बतले अनुदान स्वरुप एक हजार क्विन्टल चामल तथा त्यही परिणाममा मैदाका साथै ‘सोलार प्यानल’ प्रदान गरेको नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामाले बताउनुभयो । प्राप्त सहयोग सबै वडाका विपन्न वर्गलाई बाँडिने जानकारी दिँदै उहाँले सोलार प्यानल वडाका विद्यालयमा जडान गरिने बताउनुभयो । तिब्बतबाट प्राप्त सहयोग हिल्सा नाकामा आइपुगेको र ती सामग्री शीघ्र गाउँ ल्याइने उहाँले बताउनुभयो ।
बजारको अनुगमन
हुम्ला जिल्ला उद्योग वाणिज्य सङ्घले वैशाख ४ गतेको निर्णयअनुसार स्थानीय प्रशासनसँगको सहकार्यमा बजार अनुगमन गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी अमृतप्रसाद सुवेदी नेतृत्वको टोलीमा सिमकोट गाउँपालिकाका कार्यवाहक अध्यक्ष सुशीला रोकाया, उद्योग वाणिज्य सङ्घका अध्यक्ष रामबहादुर भण्डारीलगायत हुनुहुन्थ्यो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- ९७ वर्षीया वृद्धाको स्तन क्यान्सरको सफल शल्यक्रिया
- भेरी करिडोरको तल्नुबगर ‘बेलिब्रिज’ सञ्चालन
- संसदीय छानबिन समिति गठन गर्न दलहरु सहमत
- प्रदेशसभा बैठकः विशेषाधिकार समिति गठन
- चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस
- सदनको अवरोध अन्त्यका लागि आज पनि शीर्ष नेताबीच छलफल
- मकवानपुरमा सवारी दुर्घटना, दुईजनाको मृत्यु, एक घाइते
- वाग्मती सफाइ अभियानमा छ हजार बिरुवा रोपिए
- कोशी प्रदेश मन्त्रिमण्डल विस्तार : पाँच मन्त्री एवं दुई राज्यमन्त्री थप
- पहिलो पटक टिपताला पुगे नेपालतर्फका स्काभेटर र ट्याक्टर