+

ललितपुरको डढेलोमा जलेका अर्का घाइतेको पनि मृत्यु

ललितपुर ।  गोदावरी नगरपालिका–४  बडिखेलस्थित तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा घाइते भएका अर्का एक जनाको पनि मृत्यु भएको छ ।

आगो निभाउन गएका शङ्कर र रमेश पहरी गम्भीर घाइते हुनुभएको थियो ।  शङ्करको मङ्गलबार तथा रमेशको आज बिहान मृत्यु भएको र ललितपुरका प्रहरी उपरीक्षक नरेशराज सुवेदीले  जानकारी दिनुभएको छ ।

गोदावरी नगरपालिका–६ टीकाभैरवको सामुदायिक वन, सोही नगरपालिकाको वडा नम्बर ५ महादेव खोला सत्य सामुदायिक वन, वडा नम्बर ४ बडिखेलको तपेश्वर मन्दिर वन, वडा नम्बर ९ छेडा सामुदायिक वन, वडा नम्बर ३ जयभद्र सामुदायिक वन, वडा नम्बर १० चारघरे सामुदायिक वन, वडा नम्बर ९ ढुङ्गेनी पातले सामुदायिक वन, वडा नम्बर २ ताप्लेछाप सामुदायिक वन, बागमती गाउँपालिका–५ कुँडुल्लेको सरकारी वन र महालक्ष्मी नगरपालिका–३ लुभु पातले सामुदायिक वनमा गएराति देखि आगलागी भएको  प्रहरी उपरीक्षक सुवेदीले बताउनुभयो । आगो निभाउन नेपाल प्रहरी, नेपाली सेन र सशस्त्र प्रहरी बलको टोली  परिचालन भएको उहाँले बताउनुभयो ।

लेले जङ्गलमा  लागेको डढेलो आनन्द वनमा फैलिएसँगै प्रहरी र स्थानीयको टोलीले त्यहाँ सञ्चालित कुष्ठरोग अस्पतालका त्रियानब्बे जना बिरामीलाई बज्रबाराही अस्पताल स्थानान्तरण गरेका गोदावरी नगरपालिकाका प्रवक्ता मिलन सिल्वालले जानकारी दिनुभयो । डढेलोमा फसेका १५ जनाको मङ्गलबार उद्धार गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै