+

आर्थिक सहयोगार्थ एकीकृत समाजवादीले सार्वजनिक गर्‍यो क्यूआर कोर्ड

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले आगामी १०औं महाधिवेशनका लागि आर्थिक सहयोगार्थ क्यूआर कोर्ड सार्वजनिक गरेको छ । मंगलबार काठमाडौँमा बसेको समाजवादीको १०औं राष्ट्रिय महाधिवेशन आर्थिक परिचालन कमिटीको बैठकले आर्थिक सहयोगार्थ क्यूआर कोर्ड सार्वजनिक गरेको हो ।

बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले क्यूआर कोर्ड उद्घाटन गर्दै २५ हजार जम्मा गरेको नेकपा (एकीकृत समाजवादी) का पार्टी कार्यालय सचिव जीवनराम श्रेष्ठले जानकारी दिनुभयो । 

आर्थिक सहयोग संकलनका लागि रसिद प्याड छाप्ने काम भइसकेको पनि उहाले जानकारी दिनुभयो । महाधिवेशनका लागि क्यालेन्डर नै बनाएर आवश्यक तयारी भइरहेको उहाँको भनाई थियो । 

बैठकमा अध्यक्ष नेपालले  पार्टीको १०औं राष्ट्रिय महाधिवेशन तोकिएकै समयमा सम्पन्न हुने बताउन भएको थियो । नेकपा (एकीकृत समाजवादी) को राष्ट्रिय महाधिवेशन असार १६ देखि २० गतेसम्मका लागि निर्धारण गरिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै