+

तेस्रो चौमासिकमा शिक्षा मन्त्रालयको पूँजीगत खर्च शून्य

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको चालु आर्थिक वर्षको तेस्रो चौमासिकमा पूँजीगततर्फ शून्य दशमलव शून्य प्रतिशत खर्च भएको छ । 

आर्थिक वर्षको तेस्रो चौमासिक (माघ–चैत) का लागि चैत मसान्तसम्ममा विनियोजितमध्ये चालुतर्फ जम्मा ४६ दशमलव ९० प्रतिशत खर्च भएको छ । चालु आर्थिक वर्षको गत चैत मसान्तसम्म जम्मा खर्च ४२ दशमलव ६६ प्रतिशत भएकामा तेस्रो चौमासिकमा शून्य खर्च भएको मन्त्रालयले जनाएको छ । 

यस आर्थिक वर्षमा चालुतर्फ ३७ दशमलव ४६ प्रतिशत र पूँजीगततर्फ शून्य दशमलव १४ प्रतिशत गरी जम्मा खर्च ४२ दशमलव ६६ प्रतिशत भएको मन्त्रालयले जनाएको छ ।मन्त्रालयको यस आर्थिक वर्षको चालुतर्फ ६३ करोड ५३ लाख रुपैयाँ र पूँजीगततर्फ  ११ करोड ४३ लाख गरी कूल ७४ करोड ९७ लाख रुपैयाँ रहेको छ । 

मन्त्रालयको चालु आर्थिक वर्षको वैदेशिक अनुदान २ अर्ब ५३ करोड ७६ लाख ( ४ दशमलव ४७ प्रतिशत) र वैदेशिक अनुदान ४ अर्ब ९४ करोड २ लाख ( ८ दशमलव ६९ प्रतिशत) रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै