+

लिवर्टी कलेजको बस कागबेनीमा दुर्घटना, २१ जना घाइते

म्याग्दी ।  मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् ।  

विद्यार्थी लिएर मुक्तिनाथ दर्शन गर्न मुस्ताङ आएको काठमाडोँको अनामनगरस्थित लिवर्टी कलेजको प्रदेश ३-०१-००६ ख ६२२ नम्बरको बस मुक्तिनाथबाट जोमसोम फर्किन क्रममा आज बिहान ९ बजे कागबेनीमा दुर्घटना भएको हो । 

सडकको घुम्तीको ओरालोमा दुर्घटनामा परेको बसमा सवारमध्ये १४ जना पुरुष र सात महिला घाइते भएको मुस्ताङ प्रहरीले जनाएको छ । बसमा चालकसहित ३० जना सवार रहेका थिए । दुर्घटनामा परेर घाइते भएकालाई स्थानीयबासी, जनप्रतिनिधि र प्रहरीले उद्धार गरी मुस्ताङ जिल्ला अस्पताल पुर्याएका छन् । 

अहिले घाइतेहको उपचार भइरहेको र अवस्था सबैको सामान्य रहेको  प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेले जानकारी दिनुभएको छ । प्रारम्भिक अनुसन्धानको क्रममा बसको ब्रेकफेल भएपछि बिच सडकमा नै बस पल्टिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । 

बस पल्टिएपछि करिब तीन घण्टा कागबेनी-मुक्तिनाथ सडक अवरुद्ध भएको थियो । जनप्रतिनधि, प्रहरी र प्रशासनको समन्वयमा डोजरको सहायताले दुर्घटनाग्रस्त बसलाई सडक किनारामा पन्छ्याइपछि अवरुद्ध सडक सञ्चालनमा आएको प्रहरी नायव उपरीक्षक पाण्डेले बताउनुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै