+

आयवृद्धिमा सघाउन एकल महिलालाई बाख्रा वितरण

दाङ । तुलसीपुर उपमहानगरपालिका–१२ ले अतिगरिब एकल महिलालाई बाख्रा वितरण गरेको छ । बाख्रापालन गरी आम्दानी वृद्धिका लागि एकल महिला छनोट गरी वितरण गरिएको वडाध्यक्ष खुशीराम चौधरीले बताउनुभयो ।

‘हामीले अतिगरिब एकल महिलाको आम्दानी वृद्धिका लागि बाख्रा वितरण गरेका छौँ’ उहाँले भन्नुभयो– ‘ती बाख्राबाट आय आर्जनमा सघाउ पुग्ने हाम्रो विश्वास छ ।’ हाललाई वडाभित्रका १० जना एकल महिलालाई बोयरलगायत उन्नत जातका बाख्रा वितरण गरिएको छ ।

उपमहानगरपालिकाले प्रदान गरेका बाख्रा डोर्याउदै बुधनी चौधरीले भन्नुभयो– ‘यसले हामीलाई  आम्दानीमा टेवा पुर्याउने छ ।’ एकल महिलाको आम्दानीको अन्य स्रोत नभएकाले प्राप्त सहयोगबाट आफ्नो जीवन यापनमा मद्दत पुग्नेमा आफू विश्वस्त रहेको अर्की एकल महिला लक्ष्मी घर्तीले बताउनुभयो । ‘हाम्रो आम्दानीको स्रोत केही छैन’ उहाँले भन्नुभयो– ‘वडाको सहयोगबाट हामी खुशी छौँ ।’

वडाले लाभग्राही नियमित अनुगमन गर्ने अध्यक्ष चौधरीले बताउनुभयो । आर्थिक समृद्धिको आधार व्यवसाय भएकाले अहिले वितरण गरेका बाख्राबाट आम्दानी गरेको देख्ने आफूहरूको चाहना भएको अध्यक्ष चौधरीले बताउनुभयो । आफूहरू सधैँ किसानका पक्षमा रहेकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै