भोजपुर । भोजपुरका दश अग्निपीडित परिवारलाई राहत रकम हस्तान्तरण गरिएको छ ।
पीडितपरिवारलाई विदेशमा रहेका नेपालीबाट सङ्कलित २ लाख ८३ हजार ८ सय १० रुपैयाँ हस्तान्तरण गरिएको हो । गएको चैत ३ गते भोजपुर नगरपालिका–१२ टक्सारका पाँच परिवार र वैशाख ११ गते नगरपालिका–८ पोखरेका पाँच परिवारलाई राहत रकम हस्तान्तरण गरिएको छ ।
कोशी प्रदेशसभा सदस्य विनोद वान्तावाले पीडितलाई प्रतिपरिवार २८ हजार ३ सय ७१ रुपैयाँका दरले राहत हस्तान्तरण गर्नुभएको हो । हङ्कङ–भोजपुर सेवा समाजका अध्यक्ष इन्द्रराज श्रेष्ठको पहलमा रकम सङ्कलन गरिएको हो ।
बन्दीलाई सोलार सेट वितरण
जिल्ला कारागारका बन्दीलाई रामप्रसादराई गाउँपालिकाले सोलार सेट हस्तान्तरण गरेको छ । गाउँपालिकाले ७० हजार रुपैयाँ बराबरको ‘सोलार सेट’ वितरण गरेको गाउँपालिका अध्यक्ष थामबहादुर राईले जानकारी दिनुभयो । कारागारमा चार महिला, एक बालक र एक सय तीन पुरुष गरी एक सय आठजना बन्दी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बागमतीको नीति तथा कार्यक्रम जेठ १४ गते आउने
- अमलेखगञ्ज–लोथर ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै
- प्रहरी जवान घिमिरेको हत्या आरोपमा ६ जना पक्राउ
- ९७ वर्षीया वृद्धाको स्तन क्यान्सरको सफल शल्यक्रिया
- भेरी करिडोरको तल्नुबगर ‘बेलिब्रिज’ सञ्चालन
- संसदीय छानबिन समिति गठन गर्न दलहरु सहमत
- प्रदेशसभा बैठकः विशेषाधिकार समिति गठन
- चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस
- सदनको अवरोध अन्त्यका लागि आज पनि शीर्ष नेताबीच छलफल
- मकवानपुरमा सवारी दुर्घटना, दुईजनाको मृत्यु, एक घाइते