सिरहा । सिरहामा तीन वर्षीया बालिकाको हत्या आरोपमा प्रहरीले २जनालाई पक्राउ गरेको छ ।
प्रहरीले सिरहा नगरपालिका—१८ जरुवा लक्ष्मिनियाँ टोलका रमेश यादवकी ३ वर्षीया छोरी रिया कुमारीको हत्या गरेको आरोपमा छिमेकी ४७ वर्षीय सोनादेवी र उनकी छोरी पूजाकुमारी यादवलाई पक्राउ गरेको हो ।
प्रहरीले उनीहरुलाई आज सार्वजनिक गरेको छ । घटनामा संलग्न भएको आशंका गरिएका सोनादेवीका श्रीमान् धनिकलाल यादव भने फरार रहेका छन् ।
गएको बुधबार बिहानदेखि हराइरहेकी रियाको शव खोजतलासका क्रममा दुई दिनपछि शुक्रबार राति छिमेकी धनिकलाल यादवको घरमा फेला परेको थियो । बालिकाको शव धनिकलालको घरमा भेटिएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक मुक्तिनाथ सापकोटाले जानकारी दिनुभएको छ ।
दुई परिवारबीच घरायसी झगडा हुँदै आएकाले त्यही रिसइबीका कारण बालिकाको हत्याभएको हुनसक्ने प्रहरीको अनुमान छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- ९७ वर्षीया वृद्धाको स्तन क्यान्सरको सफल शल्यक्रिया
- भेरी करिडोरको तल्नुबगर ‘बेलिब्रिज’ सञ्चालन
- संसदीय छानबिन समिति गठन गर्न दलहरु सहमत
- प्रदेशसभा बैठकः विशेषाधिकार समिति गठन
- चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस
- सदनको अवरोध अन्त्यका लागि आज पनि शीर्ष नेताबीच छलफल
- मकवानपुरमा सवारी दुर्घटना, दुईजनाको मृत्यु, एक घाइते
- वाग्मती सफाइ अभियानमा छ हजार बिरुवा रोपिए
- कोशी प्रदेश मन्त्रिमण्डल विस्तार : पाँच मन्त्री एवं दुई राज्यमन्त्री थप
- पहिलो पटक टिपताला पुगे नेपालतर्फका स्काभेटर र ट्याक्टर