काठमाडौँ । नेपालविरुद्धको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी भएको छ । जितसँगै पाँच खेलको प्रतियोगिता १–१ को बराबरीमा आएको छ । प्रतियोगिताको पहिलो खेलमा नेपाल चार विकेटले विजयी भएको थियो ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा जितका लागि एक सय ६१ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा एक सय ५० रनमा समेटियो । नेपालका लागि कप्तान रोहितकुमार पौडेल ७१ रनमा अविजिति रहे पनि जित दिलाउन सकेनन् । गुलशन झाले २६ र लोकेश बमले १७ रन बाहेक अन्य ब्याटरले उल्लेख्यनीय रन बनाउन नसक्दा नेपाल पराजित हुन पुग्यो ।
वेस्ट इन्डिज ‘ए’को जितमा ओबेद म्याककोय र गुडाकेश मोती दुई/दुई विकेट लिए भने रोस्टन चेज र ओसेन थोमसले एकरएक विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिज ‘ए’ले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ६० रन बनायो । उसका लागि आन्द्रे फेलचरले सर्वाधिक ४३ रन बनाए । उनले ३६ बल खेल्ने क्रममा तीन छक्का प्रहार गरे । साथै गुडाकेश मोतीले ३३, रोस्टन चेजले २३ रनको योगदान दिए ।
नेपालका लागि कुशल भुर्तेल र सागर ढकालले दुई/दुई विकेट लिए भने सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले एक/एक विकेट लिए । प्रतियोगिताको तेस्रो खेल आगामी बुधबार हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बागमतीको नीति तथा कार्यक्रम जेठ १४ गते आउने
- अमलेखगञ्ज–लोथर ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै
- प्रहरी जवान घिमिरेको हत्या आरोपमा ६ जना पक्राउ
- ९७ वर्षीया वृद्धाको स्तन क्यान्सरको सफल शल्यक्रिया
- भेरी करिडोरको तल्नुबगर ‘बेलिब्रिज’ सञ्चालन
- संसदीय छानबिन समिति गठन गर्न दलहरु सहमत
- प्रदेशसभा बैठकः विशेषाधिकार समिति गठन
- चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस
- सदनको अवरोध अन्त्यका लागि आज पनि शीर्ष नेताबीच छलफल
- मकवानपुरमा सवारी दुर्घटना, दुईजनाको मृत्यु, एक घाइते