रामेछाप । रामेछाप सदरमुकामस्थित मन्थली नगरपालिकाले फोहर व्यवस्थापन कार्यलाई व्यवस्थित गर्नसकेको छैन ।
नगरपालिकाले विगतदेखि स्थानीय रणजोर खोला दोभान तामकोशी नदी किनारमा फोहर बिसर्जन गर्दै आएको छ । नगरपालिकाले न सो स्थानको फोहर व्यवस्थापनलाई व्यवस्थित गर्नसकेको छ न त त्यसको विकल्प खोजेको छ ।
स्थानीय विकास श्रेष्ठले कच्चिबाटोका कारण बजारदेखि बिसर्जनस्थलसम्म पुग्दा बाटोमै फोहर खसाल्दै जाने कारणले स्थानीयलाई आवतजावतमा नै समस्या हुने गरेको बताउनुभयो । ‘एकातीर बाटोमा खसाल्ने फोहरको दुर्गन्ध र सिसा बिझ्ने समस्या छ । अर्कोतीर फोहर डढाउँदा आउने धुँवाले नजिकैको बस्तीलाई बसिनसक्नु छ । यति हुँदा पनि त्यसको विकल्पबारे ठोस् पहलसमेत भएको छैन’ श्रेष्ठले भन्नुभयो ।
हुन त फोहर व्यवस्थापनका लागि वैकल्पिक उपायबारे चर्चा नभएको पनि होइन । मन्थली नगरपालिका–ं७ स्थित बडीमुहानमा फोहर बिसर्जनस्थल ९डम्पिङ साइट० निर्माण गर्ने भनि आवश्यक प्रक्रियासमेत शुरूभइसकेको थियो । त्यसका लागि वातावरणीय प्रभाव मूल्याङ्कनसमेत भइसकेको थियो तर स्थानीयको विरोधका कारण नागरिक उडड्यन प्राधिकरणले अनुमति नदिँदा थप कार्य अगाडि बढ्न नसकेको नगरप्रमुख लव श्रेष्ठले बताउनुभयो । नगरपालिकाले गत पुस २५ गतेको चौधौ नगरसभाबाट छ महिनाभित्र डम्पिङ साइट टुङ्गो लगाउने निर्णयसमेत गरेको श्रेष्ठको भनाइ छ ।
त्यो निर्णय भएको चार महिना बितिसक्दा पनि कार्यान्वयनको टुङ्गो लाग्नसकेको छैन । स्थानीय पवन रोक्काले भन्नुभयो– ‘फोहर बिसर्जनका विकल्पबारे पटकपटक कुरा भएका छन् तर कार्यान्वयन भएका छैनन् । बजारभरीको फोहर बस्ती नजिकैको खोलामा फाल्दा र अव्यवस्थित रूपमा फोहर डढाउँदा निकै समस्या भइरहेका भन्दै गुनासो गरे पनि सुनुवाइ भएको छैन ।’
स्थानीय पवित्रा खड्काले पनि फोहर व्यवस्थापनका लागि पटकपटक गुनासो र विरोधगर्दा समेत समस्या समाधानमा ठोस् पहल नभएको गुनासो गर्नुभयो । नजिकका बासिन्दालाई त समस्या छ नै, मन्थली बजारको फोहर तामाकोशी नदी किनारमा फाल्ने र फोहर मिसिएको त्यही पानी सोभन्दा तलका नागरिकले प्रयोग गर्ने गरेका छन् । स्थानीय कृष्णबहादुर सार्कीले नदीको तल्लो तटिए क्षेत्रमा बस्ने नागरिकले अनाहकमा समस्याको भागिदार बन्नुपरेकाले चाडै समस्या समाधान गर्न आग्रह गनुृभयो ।
ज्येष्ठ नागरिक सङ्घका अध्यक्षसमेत रहनुभएका स्थानीय नारायणदाश श्रेष्ठ पनि फोहर बिसर्जनस्थलको विकल्प खोज्नुका साथै अब फोहरबाट मोहर बनाउनसक्ने प्रविधिको उपयोगमा समेत जोडदिन अपरिहार्य रहेको बताउनुहुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- गृहमन्त्री लामिछानेलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय
- प्रतिनिधिसभा बैठक फेरि सर्यो
- बागमतीको नीति तथा कार्यक्रम जेठ १४ गते आउने
- अमलेखगञ्ज–लोथर ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै
- प्रहरी जवान घिमिरेको हत्या आरोपमा ६ जना पक्राउ
- ९७ वर्षीया वृद्धाको स्तन क्यान्सरको सफल शल्यक्रिया
- भेरी करिडोरको तल्नुबगर ‘बेलिब्रिज’ सञ्चालन
- संसदीय छानबिन समिति गठन गर्न दलहरु सहमत
- प्रदेशसभा बैठकः विशेषाधिकार समिति गठन
- चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस