+

पर्सामा ७३९ घरेलु उद्योग थपिए

पर्सा । जिल्लामा चालु आर्थिक वर्षको ९ महिनामा ८६ करोड १० लाख ८१ हजार ९ सय ९८ रुपैयाँ लगानीमा सात सय ३९ वटा घरेलु तथा साना उद्योग थपिएका छन् । 

पर्सास्थित घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख धनञ्जय सिंहका अनुसार गत आवमामा एक हजार ८९ नयाँ उद्योग थपिएका थिए तथा यस वर्ष पनि गत वर्षकै हाराहारीमा नयाँ उद्योग थपिने अनुमान छ ।  चालु आवमा दर्ता भएका उद्योगमध्ये प्राइभेट फर्ममा दर्ता भएका घरेलु तथा साना उद्योगको सङ्ख्या सबैभन्दा बढी अर्थात् छ सय ९४ पुगेको छ । साझेदारी फर्ममा दर्ता गरिएका भने १० वटामात्रै छन् । ‘प्राइभेट लिमिटेड’ मा दर्ता हुनेको सङ्ख्या ३५ छ 

चालु आवमा दर्ता भएका उद्योगको चालु पुँजी भने  ७१ करोड सात लाख ८४ हजार ३सय १४ रुपैयाँ छ । कूल पुँजी  एक अर्ब ५७ करोड १८ लाख ६६ हजार ३ सय १२ रुपैयाँ रहेको छ । चालु आवमा दर्ता भएका उद्योगको वार्षिक उत्पादन क्षमता ३ अर्ब एक करोड ४५ लाख ८८ हजार ९ सय ३८ रुपैयाँ रहेको छ ।  

उक्त कार्यालयले चालु आवको नौ महिनामा नयाँ साना तथा घरेलु उद्योग दर्ता भएर  ५९ लाख ८२ हजार चार सय राजस्व सङ्कलन गरेको जनाएको छ । गत आवमा पर्सामा एक हजार ८९ वटा घरेलु उद्योग दर्ता भएका थिए ।  दर्तामध्ये प्राइभेट फर्मको सङ्ख्या एक हजार २५ थियो । साझेदारी फर्मको सङ्ख्या १३ र प्राइभेट लिमिटेडको सङ्ख्या ५१  थियो । गत आवमा दर्ता भएका नयाँ घरेलु उद्योगको स्थिर पुँजी १ अर्ब ५४ करोड ४४ लाख ६९ हजार ५२  थियो ।
 
त्यसैगरी गत आवमा दर्ता भएका उद्योगको चालु पुँजी भने १ अर्ब २९ करोड ७१ लाख ८२ हजार ३ सय ७५  छ । गत आवमा दर्ता भएका उद्योगको कुल पुँजी २अर्ब ८४ करोड १६ लाख ५१ हजार ४ सय २७ छ ।   गत आवमा दर्ता भएका उद्योगको वार्षिक उत्पादन गर्ने क्षमता ४ अर्ब ३४ करोड ९८ लाख ६१ हजार ३ सय ५५ छ । कार्यालयले गत आवमा दर्ता भएका घरेलु उद्योगबाट १ करोड छ लाख ३९ हजार दुई सय ५० राजस्व सङ्कलन गरेको थियो । गत आवमा दर्ता भएका उद्योगले पाँच हजार चार सय ६० जनालाई रोजगारी दिने आकालन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै