चितवन । नेपालका प्रथम शहीद लखन थापाको भरतपुर महानगरपालिका–१ रामनगरमा सालिक स्थापना गरिएको छ ।
भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले सालिकको अनावरण गर्दै शहीदको बलिदानबाट देशमा परिवर्तन सम्भव भएको बताउनुभयो । उहाँले शहीददको बलिदानबाट प्राप्त उपलब्धिको रक्षाका निम्ति सबै जुट्नुपर्नेमा जोड दिनुभयो । उहाँले लखन थापा पार्क निर्माणमा महानगरपालिकाले सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।
लखन थापा पार्क व्यवस्थापन समितिमार्फत साढे तीन फिट अग्लो सालिक निर्माण गरिएको हो । सालिक निर्माणका लागि महानगरले ११ लाख ४९ हजार रुपैयाँ प्रदान गरेको थियो । सालिक निर्माणमा १३ लाख रुपैयाँ खर्च भएको र बाँकी रकम स्थानीयले सहयोग व्यहोरेका समितिका अध्यक्ष निलकुमार मगरले जानकारी दिनुभएको छ । उहाँले सालिक स्थापनासँगै रामनगरमा बृहत् पार्क निर्माणको योजना रहेको बताउनुभयो । बरण्डाभार जङ्गल क्षेत्रको २१ बिघा जग्गालाई वनभोजस्थल बनाउन लागेको उहाँले बताउनुभयो ।
विसं १८९१ मा गोरखाको काहुले भङ्गारमा जन्मनुभएका लखन थापा १९३३ को फागुन २ मा शहीद हुनुभएको हो । सरकारले उहाँलाई २०७३ असोज ३ गते पहिलो सहिद घोषणा गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- ९७ वर्षीया वृद्धाको स्तन क्यान्सरको सफल शल्यक्रिया
- भेरी करिडोरको तल्नुबगर ‘बेलिब्रिज’ सञ्चालन
- संसदीय छानबिन समिति गठन गर्न दलहरु सहमत
- प्रदेशसभा बैठकः विशेषाधिकार समिति गठन
- चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस
- सदनको अवरोध अन्त्यका लागि आज पनि शीर्ष नेताबीच छलफल
- मकवानपुरमा सवारी दुर्घटना, दुईजनाको मृत्यु, एक घाइते
- वाग्मती सफाइ अभियानमा छ हजार बिरुवा रोपिए
- कोशी प्रदेश मन्त्रिमण्डल विस्तार : पाँच मन्त्री एवं दुई राज्यमन्त्री थप
- पहिलो पटक टिपताला पुगे नेपालतर्फका स्काभेटर र ट्याक्टर