काठमाडौँ। नेपाली राष्ट्रिय क्रिकेट टोलीले वेस्ट इन्डिज ‘ए’ विरुद्धको पहिलो खेलमा टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको टसमा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका हुन् । यससँगै वेस्ट इन्डिज ‘ए’ ले पहिला ब्याटिङ गर्नेछ ।
नेपालको प्लेइङ एघारमा कप्तान पौडेलसहित कुशल भुर्तेल, अनिल कुमार शाह, गुलशन झा, दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल, विवेक यादव, प्रतिश जिसी, कमल सिंह ऐरी, ललित नारायण राजवंशी र अभिनाश बोहोरा छन् ।
बेन्चमा आसिफ शेख, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, आकाश चन्द, सागर ढकाल, विनोद भण्डारी, लोकेश बम र आरिफ शेख छन् ।
त्यसैगरी वेस्ट इन्डिज ‘ए’ को प्लेइङ एघारमा जोन्सन चार्ल्स, अलिक अथान्जे, म्याथ्यु फोर्ड, गुडाकेश मोती, आन्द्रे फ्लेचर, रोस्टन चेज, केसी कार्टि, किमो पल, कडीम एलेन, ओबेद मकोए र ओशेन थोमस छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- गृहमन्त्री लामिछानेलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय
- प्रतिनिधिसभा बैठक फेरि सर्यो
- बागमतीको नीति तथा कार्यक्रम जेठ १४ गते आउने
- अमलेखगञ्ज–लोथर ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै
- प्रहरी जवान घिमिरेको हत्या आरोपमा ६ जना पक्राउ
- ९७ वर्षीया वृद्धाको स्तन क्यान्सरको सफल शल्यक्रिया
- भेरी करिडोरको तल्नुबगर ‘बेलिब्रिज’ सञ्चालन
- संसदीय छानबिन समिति गठन गर्न दलहरु सहमत
- प्रदेशसभा बैठकः विशेषाधिकार समिति गठन
- चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस