नुवाकोट । मानव बेचबिखन तथा ओसारपसार मुद्दामा दोषी ठहरिएका नुवाकोट दुप्चेश्वर गाउँपालिका–४ का जङ्गबहादुर तामाङ (राम)लाई प्रहरीले २६ वर्षपछि पक्राउ गरेको छ ।
एक महिलालाई भारतमा लगेर बिक्री गरेको पुष्टि भएसँगै मकवानपुर जिल्ला अदालतबाट ९ वर्ष ७ महिना १० दिन कैद सजाय तोकिएका तामाङलाई नुवाकोट प्रहरीले आज पक्राउ गरेको हो ।
विशेष सूचनाका आधारमा उनलाई जिल्लाको तादी गाउँपालिका–४ सातबिसेबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिनुभएको छ ।
उहाँको अनुसार मकवानपुर जिल्ला अदालतले तामाङलाई विसं २०५५ माघ १९ मा ९ वर्ष ७ महिना १० दिनको कैद सुनाएको थियो । फैसला हुनुअघि देखि नै फरार रहँदै आएका उनलाई शुक्रबार पक्राउपश्चात् नुवाकोट जिल्ला अदालतबाट फैसला कार्यान्वयनका लागि आज जिल्ला कारागार चलान गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- ९७ वर्षीया वृद्धाको स्तन क्यान्सरको सफल शल्यक्रिया
- भेरी करिडोरको तल्नुबगर ‘बेलिब्रिज’ सञ्चालन
- संसदीय छानबिन समिति गठन गर्न दलहरु सहमत
- प्रदेशसभा बैठकः विशेषाधिकार समिति गठन
- चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस
- सदनको अवरोध अन्त्यका लागि आज पनि शीर्ष नेताबीच छलफल
- मकवानपुरमा सवारी दुर्घटना, दुईजनाको मृत्यु, एक घाइते
- वाग्मती सफाइ अभियानमा छ हजार बिरुवा रोपिए
- कोशी प्रदेश मन्त्रिमण्डल विस्तार : पाँच मन्त्री एवं दुई राज्यमन्त्री थप
- पहिलो पटक टिपताला पुगे नेपालतर्फका स्काभेटर र ट्याक्टर