भक्तपुर । बङ्गलादेशको राजधानी ढाकामा हुने भलिबल प्रतियोगितामा सहभागी हुन ११ जना खेलाडी तथा प्रशिक्षक टोली त्यसतर्फ प्रस्थान गरेको छ ।
ढाकामा वैशाख १४ गतेदेखि हुन गइरहेको आमन्त्रित अन्तर्राष्ट्रिय भलिबल यु–१९ प्रतियोगितामा सहभागी हुने खेलाडी तथा अफिसरको आज भक्तपुरमा आयोजित कार्यक्रममा बिदाइ गरियो ।
खेलाडी सुरेश मल्ल, यज्ञराज जोशी, अविशेक थापा, पुष्कल थापा, दिपेन थापा, पहल गहतराज, राजकुमार रोकाया, सुनिल बोहोरा, इज्जत दनै, शशि पुलामीमगर र भुवन तामाङ बङ्गलादेश प्रस्थान गरेको टिम म्यानेजरसमेत रहनुभएका दीपक थापाले बताउनुभयो । प्रतियोगितामा भाग लिन आजै टिम म्यानेजर थापासहित प्रशिक्षक उत्सव खड्का र सहायक प्रशिक्षक जनकबहादुर खड्का ढाका प्रस्थान गर्नुभएको छ ।
जिल्ला खेलकुद विकास समिति भक्तपुरका निवर्तमान अध्यक्ष एवं टिम म्यानेजर दीपक थापाको नेतृत्वको टोलीले सहयोग रकम सङ्कलन गरी त्यसतर्फ लागेको छ । सरकारी निकायबाट सहयोग नभएपछि सहायता फाउण्डेसनका अध्यक्ष राजु ढु्ङ्गेल, व्यवसायी लक्ष्मण अवाल र थापा आफैँले रकम जुटाउनुभएको त्यस अवसरमा जानकारी दिइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बागमतीको नीति तथा कार्यक्रम जेठ १४ गते आउने
- अमलेखगञ्ज–लोथर ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै
- प्रहरी जवान घिमिरेको हत्या आरोपमा ६ जना पक्राउ
- ९७ वर्षीया वृद्धाको स्तन क्यान्सरको सफल शल्यक्रिया
- भेरी करिडोरको तल्नुबगर ‘बेलिब्रिज’ सञ्चालन
- संसदीय छानबिन समिति गठन गर्न दलहरु सहमत
- प्रदेशसभा बैठकः विशेषाधिकार समिति गठन
- चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस
- सदनको अवरोध अन्त्यका लागि आज पनि शीर्ष नेताबीच छलफल
- मकवानपुरमा सवारी दुर्घटना, दुईजनाको मृत्यु, एक घाइते