काठमाडौँ। ओमानमा जारी एसिसी मेन्स प्रिमियर कप टी-२० क्रिकेट प्रतियोगिताको तेस्रो स्थानका लागि आज भएको खेलमा नेपाल पराजित भएको छ । हङकङले नेपाललाई चार विकेटले पराजित गरेको हो । जितसँगै हङकङ इमर्जिङ एसिया कपमा छनोट भएको छ ।
नेपालले दिएको एक सय ४० रनको लक्ष्य हङकङले १९ दशमलव तीन ओभरमा छ विकेटको क्षतिमा पूरा ग¥यो । आजको खेलमा नेपालले कमजोर ब्याटिङ प्रदर्शन गर्दा जारी प्रतियोगितामा चौथो स्थानमा चित्त बुझाएको छ ।
नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ४४, सन्दीप जोराले २२ र रोहितकुमार पौडेलले २१ रनबाहेक अन्य ब्याटरले उल्लेख्य रन बनाउन सकेनन् । ओपनर कुशल भुर्तेल आजको खेलमा पनि शून्य रनमा आउट भए ।
हङकङको जितमा अंशुमन रनले ६५ रन बनाए । साथै बाबर हयातले २६ रनको पारी खेले । नेपालका लागि सोमपाल कामीले तीन र दीपेन्द्र सिंह ऐरीले दुई विकेट लिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- ९७ वर्षीया वृद्धाको स्तन क्यान्सरको सफल शल्यक्रिया
- भेरी करिडोरको तल्नुबगर ‘बेलिब्रिज’ सञ्चालन
- संसदीय छानबिन समिति गठन गर्न दलहरु सहमत
- प्रदेशसभा बैठकः विशेषाधिकार समिति गठन
- चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस
- सदनको अवरोध अन्त्यका लागि आज पनि शीर्ष नेताबीच छलफल
- मकवानपुरमा सवारी दुर्घटना, दुईजनाको मृत्यु, एक घाइते
- वाग्मती सफाइ अभियानमा छ हजार बिरुवा रोपिए
- कोशी प्रदेश मन्त्रिमण्डल विस्तार : पाँच मन्त्री एवं दुई राज्यमन्त्री थप
- पहिलो पटक टिपताला पुगे नेपालतर्फका स्काभेटर र ट्याक्टर