+

नेप्सेको ओरालो यात्रा जारी

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १९ दशमलव ५६ अंले ओरालो लागेर १ हजार ९ सय ७२ दशमलव १४ मा सिमित भएको छ । 

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव शुन्य चार अंकले ओरालो लागेर तीन सय ५० दशमलव ४७ मा पुगेको छ । कूल ५३ लाख ४४ हजार छ सय १३ कित्ता शेयर २ अर्ब ९ करोड ३६ लाख १२ हजार सात सय ९२ रुपैयाँमा खरिद बिक्री भएका छन् । 

कारोबार भएकामध्ये गुर्खाज फाइनान्स शीर्ष स्थानमा छ । तयो कम्पनीको १७ करोड ८२ लाख ८५ हजार ४ सय ४१ रुपैयाँमा खरिद बिक्री भएको छ । सूर्यज्योति लाइफ इन्स्योरेन्स  १० करोड ५१ लाख ३७ हजार ६ सय ७९, पोखरा फाइनान्स ७ करोड ३७ लाख ५५ हजार ६ सय ४६, शिवम् सिमेन्ट  ५  करोड ४५ लाख १९ हजार १ सय २३ र हिमालयन रिइन्स्योरेन्स ५ करोड ३० लाख ४९ हजार ५ सय ५१ मूल्यमा कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन् । 

नेप्सेका अनुसार खानीखोला हाइड्रोपावर  ७ दशमलव ९४, पोखरा फाइनान्स ६ दशमलव २१, एनआइसी एशिया ग्रोथ फण्ड पाँच दशमलव ७१, मध्य भोटेकोशी जलविद्युत् कम्पनी ५ दशमलव ७० र पिपल्स पावरका लगानीकर्ताले ५ दशमलव ५९ प्रतिशतले कमाएका छन् । 

रुरु जलविद्युत् परियोजना ९ दशमलव ९९, गुर्खाज फाइनान्स ९ दशमलव३९, सिभिल बैंकको ऋणपत्र  ८ दशमलव ८९, सिवाइसी नेपाल लघुवित्त ६ दशमलव १२ र एसबिएल ऋणपत्रका लगानीकर्ताले ५ दशमलव ८४ प्रतिशतले गुमाएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै