काठमाडौँ । ओमानमा जारी एसीसी प्रिमियर कपमा टी-२० प्रतियोगिताको समूह चरणको अन्तिम खेल अन्तर्गत आज हुने तालिका रहेको नेपाल र साउदी अरेबियाबीचको खेल अझै शुरु हुन सकेको छैन ।
आज रातिको हावाहुरी सहितको वर्षाका कारण खेल हुने निर्धारित एक नम्बर पीच ढाक्न लगाइएको पाल हावाले उडाएपछि पीच भिजेको थियो । पीच भिजेर हिलो भएपछि अर्को पीचमा खेल संचालन गर्ने तयारी भइरहेको छ ।
अर्को पीचको पनि एउटा ईन्ड पानी जमेर हिलो भएका कारण उक्त ईन्डलाई तातोहावा दिएर सुकाउने काम भइरहेको छ । निर्धारित समय भन्दा ढिलो खेल शुरु हुने भएपछि २० ओभरको खेललाई घटाएर खोल संचालन गर्ने तयारी भइरहेको छ ।
अहिले नेपाल र साउदी अरेबियाका खेलाडीहरु मैदान बाहिर अभ्यास गरिरहेका छन् । म्याच अफिसियलहरुले टसको तयारी गरिरहेका छ ।
सम्बन्धित समाचार...
एसीसी प्रिमियर कप : आज नेपाल र साउदी अरेबिया भिड्दै
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बागमतीको नीति तथा कार्यक्रम जेठ १४ गते आउने
- अमलेखगञ्ज–लोथर ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै
- प्रहरी जवान घिमिरेको हत्या आरोपमा ६ जना पक्राउ
- ९७ वर्षीया वृद्धाको स्तन क्यान्सरको सफल शल्यक्रिया
- भेरी करिडोरको तल्नुबगर ‘बेलिब्रिज’ सञ्चालन
- संसदीय छानबिन समिति गठन गर्न दलहरु सहमत
- प्रदेशसभा बैठकः विशेषाधिकार समिति गठन
- चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस
- सदनको अवरोध अन्त्यका लागि आज पनि शीर्ष नेताबीच छलफल
- मकवानपुरमा सवारी दुर्घटना, दुईजनाको मृत्यु, एक घाइते