+

तोलामा ७ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य आज प्रतितोला ७ सय रुपैयाले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबारको तुलनामा आज छापावाला सुन प्रतितोला ७ सयले वृद्धि भई १ लाख ३७ हजार पाँच सय रुपैया निर्धारण भएको छ । शुक्रबारको तुलनामा आइतबार २ हजार दुई सय रुपैयाले ओरालो लागेको छापवाला सुन आज भने पुनः उकालो लागेको हो । 

यस्तै, तेजाबी सुन आज प्रतितोला १ लाख ३६ हजार आठ सय ५० रुपैया निर्धारण भएको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला  १५ रुपैयाले वृद्धि भएको छ । आइतबार प्रतितोला १ हजार सात सय रुपैयामा कारोबार भएको चाँदीको मूल्य आज १ हजार सात सय १५ रुपैया निर्धारण भएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै